बेलायती राजा चाल्र्सका सहोदर भाई एन्ड्रु माउण्टव्याटन जन्मदिनकै दिन पक्राउ

Feb 19, 2026 06:01 PM mero lagani



बेलायतका राजा चार्ल्सका सहोदर भाइ तथा पूर्वराजकुमार एन्ड्रु माउन्टब्याटन विन्ड्जर सार्वजनिक पदमा रहँदा अनुचित व्यवहार गरेको आशङ्कामा पक्राउ परेका छन् ।

बिहिबार ६६ वर्ष उमेर पुगेका उनी आफ्नो जन्मदिन मनाउने तयारी गर्दै गर्दा पक्राउ परेका हुन् ।

यद्यपि प्रहरीले औपचारिकरुपमा केही बताएको छैन । बरु स्थानीय प्रहरीले अनुसन्धानका सिलसिलामा नोर्फोकबाट ६० देखि ७० वर्ष उमेरका एक पुरुषलाई सार्वजनिक पदमा रहँदा अनुचित व्यवहार गरेको आशङ्कामा पक्राउ गरेको जानकारी दिएको छ । प्रहरीले ती व्यक्तिको बारेमा उपयुक्त समयमा विस्तृत जानकारी दिने बताएको छ ।

तर, विविसीले ती व्यक्ति राजाका भाई एन्ड्रु नै भएको बताएको छ । केही दिनअघि टेम्स भ्याली प्रहरीले पूर्वराजकुमार एन्ड्रु र अमेरिकी यौनअपराधी जेफ्री एप्स्टीनसँगको सम्वन्धको बारेमा अनुसन्धान भैरहेको बताएको थियो । उनले भने त्यस्ता आरोप अस्वीकार गर्दै आएका छन्।

राजकुमारको उपाधि खोसिनुअघि ड्यूक अफ योर्क रहेका एन्ड्रू बेलायती महारानी एलिजाबेथ द्वितीयका तेस्रो सन्तान हुन् । उनी सिंहासनको उत्तराधिकारीको नवौँ वरीयतामा थिए।
एन्ड्रूका दुई छोरीहरू राजकुमारी बिएट्रेस र युजेनी छन्।




सुन र चाँदीको मूल्यमा गिरावट

Feb 16, 2026 11:04 AM

फागुन ४ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा १२५ रुपैयाँले घटेको हो ।