सुन र चाँदीको मूल्यमा गिरावट

Feb 16, 2026 11:04 AM Merolagani



फागुन ४ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा १२५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, आज चाँदीको मूल्य भने तोलामा १२५ रुपैयाँले घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ४ हजार ८६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आईतबारको बजारमा चाँदी तोलाकाे ४ हजार ९८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।




मेरोलगानीको 'नयाँ वर्षको धमाका अफर'

Apr 10, 2026 08:50 AM

नजिकिँदै गरेको नयाँ वर्ष २०८३ को अवसरमा मेरोलगानीले शेयर बजारका लगानीकर्ताहरुका लागि नयाँ अफर लिएर आएको छ। सो अवसरमा मेरोलगानीले आफ्ना सबै प्रिमियम प्रडक्टहरुमा २५ प्रतिशतको डिस्काउन्ट दिने भएको छ।