अघिल्लो कारोबार दिन अर्थात गत मंगलबार ३८.५२ अंक बढेर २७१२.४९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४४.६३ अंक बढेर २७५७.१२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ७.९७ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा १९९ स्टकको ७२१ पटकको कारोबारमा ५ करोड ४५ लाख ११ हजार ५६२ रुपैयाँ ५० पैसाबराबरको १ लाख ११ हजार २०२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १९१ स्टकको मूल्य बढेको छ भने ३ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।