यस दिन बजार खुलेको १ मिनेटमा नै नेप्से परिसूचक ४ प्रतिशत बढेर पहिलो सर्किट लागेको थियो। जसका कारण शेयर कारोबार २० मिनेटका लागि स्थगित भएको थियो। सोपश्चात ११ बजेर २१ मिनेटको खुलेको बजार, तिव्र गतिमा बढेर ११ बजेर २१ मिनेट १५ सेकेन्डमा नेप्से ५ प्रतिशत बढेपछि कारोबार पुनः ४० मिनेटको लागि स्थगित भएको छ।
साे अवधिसम्ममा नेप्से परिसूचक १३५.७२ अंक बढेर २८४८.२२ विन्दुमा पुगेकाे छ भने २४७ स्टककाे २ हजार ३०८ पटककाे काराेबारमा २८ कराेड ५१ लाख २५ हजार रूपैयाँबराबरकाे ५ लाख ३५ हजार कित्ता शेयर काराेबार भएकाे छ।