Tue, Mar 10, 2026
प्रतिनिधिसभा निर्वाचनपछि खुलेको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक उल्लेख्य अंक बढेर बन्द भएको छ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार १६२.९३ अंक बढेर २८७५.४३ विन्दुमा बन्द भएको नेप्से यस दिन सो सेसनमा ३५.९३ अंक बढेर २९११.३६ विन्दुमा पुगेको छ।
सोमबार प्रि ओपन सेसनमा ५६ करोड ९८ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।
नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।