समानुपातिकतर्फ एक करोड ४ लाख मत गन्दा रास्वपाले ५० लाख कटायो, अन्य दलको कति ?

Mar 10, 2026 11:53 AM merolagani



प्रतिनिधि सभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको मतपरिणाम सकिएसँगै समानुपातिकतर्फ १ करोड ४ लाख मत गणना भइसकेको छ । 

निर्वाचन आयोगका अनुसार,अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ५० लाख १४ हजार मत प्राप्त गरेको हो ।

समानुपातिकतर्फ रास्वपा पहिलो पार्टी बन्ने निश्चित जस्तै छ । त्यस्तै, नेपाली कांग्रेसले १६ लाख ९५ हजार मत प्राप्त गरेको छ । त्यस्तैगरी, नेकपा एमालेले १४ लाख १३ हजार, नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ६८ हजार, श्रम संस्कृति पार्टीले ३ लाख २५ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ५८ हजार, जनता समाजबादी पार्टीले १ लाख ७२ हजार र राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ६६ हजार मत प्राप्त गरेको छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।