Tue, Mar 10, 2026
शेयर बजार काराेबार सुरु भएकाे एक घन्टामा नै करिव ११ अर्बकाे कारोबार भएको छ। मंगलबार शेयर बजारमा एक घन्टामा ११ अर्बकाे कारोबार भएको हाे ।
अघिल्लो दिन दिनभर जम्मा ५८ करोडको कारोबार भएको थियो।
नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।