दोस्रो स्थानमा नेपाली काँग्रेस रहेको छ। उसले २७ लाख २ हजार ४४६ मत (कुल मतको २५.७८ प्रतिशत) प्राप्त गरेको छ। त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) २४ लाख ९७ हजार ८४३ मतसहित (कुल मतको २३.८३ प्रतिशत) तेस्रो स्थानमा छ।
अन्य पार्टीहरूमध्ये, नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ७३ हजार ७०९ मत (कुल मतको ७.३८ प्रतिशत), श्रम संस्कृति पार्टीले ३ लाख ५९ हजार २६४ मत (कुल मतको ३.४३ प्रतिशत) र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २६ हजार ८८ मत (कुल मतको ३.११ प्रतिशत) प्राप्त गरेका छन्।
यो समानुपातिक मत परिणामले आगामी दिनमा संसदीय समीकरण र सरकार निर्माणमा नयाँ दलहरूको भूमिका महत्त्वपूर्ण हुने संकेत दिएको छ। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीको उदयले नेपाली राजनीतिमा नयाँ आयाम थपेको विश्लेषण गर्न थालिएको छ।