कुनै सेवासुविधा नलिएका अर्थमन्त्री खनालले फिर्ता गरे रातो पासपोर्ट

Mar 10, 2026 01:51 PM merolagani



अर्थमन्त्री रामेश्वरप्रसाद खनालले रातो पासपोर्ट फिर्ता गरेका छन् । उनले मंगलबार अर्थ मन्त्रालयको प्रशासन महाशाखालाई पत्र लेखेर आफ्नो राहदानी बुझाएका हुन् ।

“अब प्रस्थानको तयारीमा छु । सार्वजनिक पद धारकका रूपमा कब्जामा रहेको एकमात्र सरकारी सम्पत्ति त्यागेको छु,” उनले भनेका छन् । खनालले अर्थमन्त्रीकाे हैसियतले कुनै सेवासुविधा नलिने घाेषणा गरेका थिए ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।