चुनावमा प्रदीप ज्ञवालीले बालेनले भन्दा करिव दाेब्बर बढी खर्च गरे, तर पनि जितेनन्

Mar 10, 2026 02:57 PM merolagani



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले भन्दा करिव दाेब्बरले बढी खर्च गर्दा पनि नेकपा एमालेका उम्मेदवार प्रदीपकुमार ज्ञवालीले चुनाव जित्न सकेन ।

बालेनले चुनावी खर्च १४ लाख १७ हजार २७९ रुपैयाँ गरेका थिए । ज्ञवालीले चुनावी प्रचारप्रसार र व्यवस्थापनमा कुल २६ लाख ७५ हजार ३३० रुपैयाँ खर्च गरेकाे उल्लेख गरेका छन्।

ज्ञवालीले गुल्मी क्षेत्र नम्बर-१ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए । उनले सबैभन्दा बढी खर्च खाना तथा आवासमा ८ लाख ५० हजार, सम्पर्क कार्यालयमा ५ लाख ८० हजार रुपैयाँ गरेका छन्।

ज्ञवालीले आफ्नो चुनावी खर्चकाे विवरण जिल्ला निर्वाचन कार्यालय गुल्मीमार्फत निर्वाचन आयोग, काठमाडौंमा पेस गरेका हुन्। उनले पेश गरेकाे खर्चकाे विवरणमा उक्त रकम खर्च गरेकाे देखाएका छन् ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।