शेयर काराेबार ८ महिना यताकै सर्वाधिक

Mar 10, 2026 03:45 PM Merolagani



मंगलबारको बजारमा उच्च रकम बराबरको शेयर कारोबार भएर नेप्से बन्द भएको छ । यसदिन २१ अर्ब ५० कारोड २० लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

यो पछिल्लो ८ महिना यताकै उच्च कारोबार रकम हो । यस भन्दा पहिले २०८२ साउन ५ गते भएको कारोबार दिन २१ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको थियो । मगंलबार नेप्से परिसूचक ३२.०८ अंकले घटेर बन्द भएको छ । प्रतिनिधि सभा निर्वाचनपछिको दोस्रो कारोबार दिन नेप्से सूचक घटेर बन्द भएको हो ।

यसदिन नेप्से परिसूचक ३२.०८ अंक घटेर २८४३.३५ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.८९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१४ अंक घटेको छ ।

सोमबारको बजार तीन सर्किट ब्रेक लागेर नियमित कारोबार अवधिभन्दा अगाडि नै बन्द भएको थियो । सोमबार नेप्से परिसूचक १६२.९३ अंक बढेर २८७५.४३ विन्दुमा पुगेको थियो । ५५ करोड ५९ लाख ६३ हजार ८९४ रुपैयाँ ६६ पैसा बराबरको शेयर खरिदबिक्री भएको थियो । निर्वाचनको मतगणना परिणम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत ल्याएको छ । सोही आधारमा अबका ५ वर्ष स्थिर सरकार बन्ने र लगानीमैत्री वातावरण सिर्जना हुने अपेक्षाले लगानीकर्ता उत्साहित भएका हुन् ।

मंगलबार रिलायन्स स्पिनिङ्ग मिल्स र सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, यस दिन थ्रि स्टार हाइड्रोपावरको शेयर मूल्य ९.०८ प्रतिशत बढेको छ भने कालिका पावर हाइड्रोपावर कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन सर्वाधिक घट्ने कम्पनीमा हिम स्टार कम्पनी परेको छ । यस कम्पनीको शेयर ६.३६ प्रतिशतले घटेर बन्द भएको हो ।

कारोबार रकमका आधारमा मंगलबार न्यादी ग्रुप पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको एक अर्ब ९ करोड ७३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आँखु खोला हाइड्रोपावरको ६९ करोड ६४ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

१३ उप समूह मध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक १.३४ प्रतिशत बढेको छ । त्यस्तै, जीवन बीमा र निर्जीवन बीमा उप समूहको सूचक सामान्य बढेको हो । त्यसैगरी, मंगलबारको बजारमा ब्यापार उपसमूहको सूचक सर्वाधिक अथार्त २.१२ प्रतिशत घटेको छ । फाइनान्स २.०६ प्रतिशत, बैंकिङ, विकास बैंक, होटल, लगानी तथा अन्य उप समूहको सूचक १ प्रतिशत भन्दा बढी घटेको हो ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।