निवार्चनको परिणाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई तिहाइ मत प्राप्त गर्ने सम्भावना देखिएको छ । विगात लामो समयदेखि राजनीतिक दबाबमा परेको बजारले स्थिर सरकार हुने सम्भावना बढेपछि लगानीकर्ताहरु उत्साहित भएका हुन् । सोमबारको बजार सुरुवाती कारोबार अर्थात प्रि ओपनमा नै साढे १ प्रतिशतभन्दा बढी बढेको थियो । नियमित बजार खुल्ने वित्तीकै तिव्र गतिमा बढेर ११ बजेर १ मिनेटमा नै ४ प्रतिशत लागेर सर्किट ब्रेक लाग्यो ।

२० मिनेट पछि खुलेको बजारमा नेप्से पुनः बढ्ने क्रमलाई निरन्तरता दिँदा ११ बजेर २१ मिनेट १३ सेकन्डमा दोस्रो सर्किट लागेर कारोबार ४० मिनेटका लागि स्थगित भएको थियो । त्यसपछि १२ बजेर १ मिनेट १३ सेकेन्डमा खुलेको बजारमा नेप्से पुनः तिव्र गतिमा बढेर नियमित समय अगाडि शेयर कारोबार बन्द भएको थियो । मंगलबार भने नेप्सेमा केही करेक्सन आयाे । तर, काराेबार रकम भने उच्च भयाे ।
विगत लामो समयदेखि साइडवेजमा चलेको बजारमा चुनावपछि देखिएको उत्साहको विषयमा सुधा देवकोटाले शेयर बजारका पुराना लगानीकर्ता उपेन्द्र पाठकसँग गरेको कुराकानीः
सोमबारको बजार हल्ट भएर बन्द भयो । लगानीकर्ताहरु किन उत्साहित भए ?
सोमबारको बजार हल्ट हुनुमा निर्वाचनको नतिजा नै प्रमुख कारण हो । विगत लामो समयदेखि स्थिर सरकार बन्न सकेको थिएन । चुनाव भएतापनि निरन्तर रुपमा मिलीजुली सरकार अथार्त दुई वा दुई भन्दा बढी राजनीतिक दलहरु मिलेर नै सरकार बनेको हुन्थ्यो । त्यसरी बनेको सरकार पनि दुई वर्ष टिक्न सक्थेन । सो बिचमा पनि आजै के हुने हो । सरकार ढल्ला ढल्ला भन्नु पर्ने अर्को तर्फ त्यस्तो सरकारले के कस्ता नीति लिने हुन भन्ने कुराको डर सधै हुने गरेको थियो । तर सो बिचमा पनि बजारले उचाई बनाउँदै ३२ सयको यात्रासम्म तय गरेको थियो । सो विन्दुमा एक पटक पुगे पछि पुनः पुग्न सकेको छैन । ३२ सयको विन्दुमा पुगेर झरेको बजार ३ हजारको विन्दुसम्म पुग्न सकेको छैन । यसो हुनुमा राजनीतिक अस्थिरता हुनु नै हो ।
विगत लामो समयदेखि शेयर बजारका लगानीकर्ताले मात्रै नभएर समग्र देशले अस्थिर राजनीतिकाे पीडा नै भोग्नु परेको छ । जब मुलुकमा राजनीतिक अस्थिरता हुन्छ, तब आर्थिक गतिविधिमा सुस्तता हुन्छ । यो निर्वाचनलाई केन्द्रित गरेर बिभिन्न राजनीतिक दलका पार्टीले वाचा पत्रहरु सार्वजनिक गरेका छन् । अहिले सर्वाधिक मत ल्याउने रास्वपाले अर्थतन्त्रलाई गतिशिल बनाउने सहित शेयर बजारको विकासका लागि राम्रा योजनाहरु ल्याएको छ । सो वाचा अक्षरस कार्यान्वयन गर्ने हो भने शेयर बजार धेरै माथि जाने छ । बलियो सरकार बन्ने भएपछि वाचा अनुसारकाे काम गर्न कुनै गाह्रो पनि होइन । सोहीकारण लगानीकर्ताहरु उत्साहित भएका हुन् ।
सरकारमा पुगेपछि निर्वाचन पहिले गरेका वाचाहरु भुल्ने र कार्यान्वयन नहुने समस्या हुने गरेको छ नि ?
दोस्रो बजारका लगानीकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक गरेको वाचा व्यवहारिक भएको पाएका थिए । सोही दलले ५ वर्षको लागि कुनै बाधा अवरोध नभई काम गर्न पाउने भएकाे छ । सोही कारण सकारात्मक सर्किट लागेरै बजार बन्द भएको छ । अब यो पार्टीलाई गर्न सकिएन भन्ने छुट छैन ।
अन्य राजनीति दलहरुले गर्नु पर्ने काम नगरेकै कारण आज रास्वपालाई अवसर दिएका हुन् । जनताबाट यति धेरै शक्ति पाएपछि काम गर्न सकिएन भन्ने छुट छैन । वाचा पत्रमा उल्लेख भएका सम्पूर्ण कुराहरु कार्यान्वयन हुनु पर्छ । संसदमा प्रतिपक्ष छैन भनेर हुँदैन । अहिले नागरिकहरुले बलियो प्रतिपक्षको भुमिका निर्वाह गर्ने छन् । पुराना राजनीतिक दलका बदमासीको कारण नै यस्तो परिणाम आएको हो । पुराना दलले जनताहरुलाई नढाटेको भए निर्वाचनको परिणाम अलग्गै हुने थियो ।
शेयर बजारको समग्र विकास गर्ने योजना रास्वपाले वाचा गरेको छ । त्यस मध्येमा सबै भन्दा पहिले सुधार गर्नुपर्ने कुरा के हो ?
राष्ट्रिय स्वतन्त्र पार्टीले वाचा गरेका सम्पूर्ण कामहरु आजको भोलि नै गर्न सक्दैन् । त्यसलाई क्रमीक रुपमा कार्यान्वयन गर्नु पर्ने हुन्छ । दोस्रो बजारका लगानीकर्तामा भएको विश्वास भनेको राजनीतिक अस्थिताको अन्य भएको छ । र सरकारले लिने अस्थिर नीतिगत चपेटामा शेयर बजार पर्ने छैन । दीगो र स्थिर नीतिले अर्थतन्त्रलाई गतिशिल बनाउने छ । लगानीको वातावरण बन्ने अपेक्षाले गर्दा लगानीकर्ताहरु उत्साहित भएका हुन् । स्थिर नीति आए पछि अन्य क्षेत्रहरु पनि फस्टाउने छ । उद्योग व्यापार व्यवसाय विस्तार हुनेछ ।
शेयर बजारमा गैर आवासिय नागरिकलाई बजारमा भित्र्याउने नाराहरु रहेका छन् । सो कुरा वर्षैदेखिका योजनाहरु हुन् । पुराना दलले काम गरेनन् । नयाँले पनि गर्दैनन् भन्न हुँदैन । रास्वपाले ती कुराहरुलाई भन्दा पनि सरकारी कोषलाई परिचालन गर्ने भनिएको छ । नेप्सेलाई निजीकरण गर्ने हो । सम्पूर्ण वाचाहरुलाई क्रमबद्ध रुपमा गर्दै जाने हो भने बजारको विकास सँगै सूचक धेरै माथि हुनेछ ।
बाँकी भिडियोमाः