कलंगा हाइड्रोलाई ४९ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो जुन कुल जारी पुँजीको ३५ प्रतिशत हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।
त्यस्तै सनिगढ हाइड्रोलाई ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो जुन कुल जारी पुँजीको ३० प्रतिशत हो । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा भने लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।