ग्यास अभाव र कालोबजारी गर्नेलाई कारबाहीको माग

Mar 10, 2026 05:25 PM merolagani



हाल बजारमा देखिएको ग्यासको अभाव र केही बिक्रेताहरूद्वारा उपभोक्तालाई चर्को मूल्यमा ग्यास बिक्री गरेको भन्ने समाचारहरू प्रति ग्यास बिक्रेता महासंघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो गैर कानुनी कार्यमा संलग्नहरूलाई कारबाहीको माग गरेको छ।

प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार, बजारमा ग्यासको उपलब्धतामा देखिएको असहजताका कारण आम उपभोक्ताहरूले ग्यास पाउन नसकेकोमा चिन्ता व्यक्त भएको छ। यसैबिच, सरकारले तोकेको मूल्यभन्दा बढी लिई ग्यास बिक्री वितरण गर्नु गैर कानुनी कार्य भएको र यस्ता गतिविधिमा संलग्न कतिपय बिक्रेताहरूलाई कारबाही गरिएको समेत विज्ञप्तिमा जनाइएको छ।

महासंघले यस विषम परिस्थितिमा सरकारले तोकेको मूल्यभन्दा बढी मूल्य लिने बिक्रेता तथा उद्योगलाई कारबाही गर्न सरकारसँग माग गरेको छ। साथै, यस्ता प्रकारका गैर कानुनी काम नगर्न पनि सम्पूर्ण बिक्रेताहरूलाई महासंघले अपिल गरेको छ। ग्यास बिक्रेता महासंघले उपभोक्ताहरूलाई सहज र सुपथ मूल्यमा ग्यास उपलब्ध गराउनका लागि आफू प्रतिबद्ध रहेको र गैरकानुनी कार्यलाई प्रोत्साहन नगर्ने स्पष्ट पारेको छ। महासंघले यस विषयमा थप जानकारीका लागि सरोकारवाला निकायहरूसँग समन्वय गर्ने जनाएको छ।

महासंघको यो ध्यानाकर्षणले बजारमा ग्यासको सहज आपूर्ति तथा कालोबजारी नियन्त्रणमा केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।