अब ग्यास बिक्रेताले ग्राहकको विवरण राख्नुपर्ने

Mar 10, 2026 05:31 PM merolagani



नेपाल आयल निगम र ग्यास बिक्रेताबीच पछिल्लो समय बजारमा देखिएको एलपीजी खाना पकाउने ग्यासको अभाव टार्न घरायसी प्रयोजनलाई पहिलो प्राथमिकता दिने निर्णय भएको छ ।

दुवै निकायका प्रतिनिधिबीच भएको छलफलमा बजारमा ग्यास सिलिन्डर आपूर्ति भए पनि आम उपभोक्ताले सहज रुपमा नपाएको गुनासो आएपछि निगमले छलफल गरेको थियो ।

छलफलमा पहिलो प्राथमिकतामा घरायसी प्रयोजन र त्यसपछि औद्योगिक क्षेत्र, होटल र रेष्टुरेन्ट उद्योगमा ग्यासको आपूर्ति गर्ने सहमति भएको हो । निगमका अनुसार, अब ग्यास बिक्रेताले आफ्ना ग्राहकको नाम र मोबाइल नम्बर समेत टिपेर यर्थाथ विवरण राख्नुपर्ने भएको छ ।

निगमले ग्यास बिक्रेतासँग ग्यास वितरणको विवरण माग गरेको छ । अब ग्यास बिक्रेताले आफ्ना नियमित ग्राहकलाई ग्यास बिक्री गर्दा ग्राहकको नाम, नम्बर राख्नुपर्ने र कालोबजारी गर्ने जो कोहीलाई पनि कारबाही गर्ने बताएको छ ।

निगमले आम ग्राहकलाई आवश्यक भन्दा बढी ग्यासको सञ्चिति नगर्न र केही दिनमा ग्यासको सहज आपूर्ति हुने जनाएको छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।