Tue, Mar 10, 2026
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहकाे भन्दा पूर्व अर्थमन्त्री विष्णु पौडेलले चुनावी खर्च दाेब्बरले बढी गरेका छन् । बालेनले चुनावी खर्च १४ लाख १७ हजार २७९ रुपैयाँ गरेका थिए ।
पाैडेलले निर्वाचन आयोगलाई बुझाएको विवरणमा २८ लाख सात हजार १०० रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।
सबैभन्दा धेरै इन्धनमा आठ लाख ९७ हजार बढी रकम खर्च भएकाे जनाएका छन् ।
नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।