शिखर पावर डेभलपमेन्टको आईपीओमा १६ गुणा बढी आवेदन

Mar 10, 2026 06:17 PM Merolagani



शिखर पावर डेभलपमेन्ट कम्पनीको आईपीओमा १६ गुणा बढी आवेदन परेको छ ।

कम्पनीले १८ लाख ४२ हजार ६ सय कित्ता शेयरको लागि आवेदन माग गरेकोमा मंगलबार अन्तिम दिनसम्ममा २७ लाख ६६ हजार ५१० आवेदकबाट ३ करोड ७ लाख ३९ हजार ६ सय कित्ता शेयरको लागि आवेदन परेको छ । यो माग भन्दा १६.६८ गुणा बढी हो ।

उक्त आवेदनबाट कम्पनीले ३ अर्ब ७ करोड ३९ लाख ६० हजार रुपैयाँ संकलन गरेको छ । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।