चन्द्रमामा शहर बसाउन अर्बाै डलर खर्च गर्दै एलन मस्क, पृथ्वीबाट दुई दिनको यात्रामा ‘चन्द्र शहर’ मा पुग्न सकिने

Mar 11, 2026 11:28 AM mero lagani



विश्वका सर्वाधिक धनी एलन मस्कले चन्द्रमामा १० वर्षभित्रै एउटा ‘आत्मनिर्भर शहर बसाउने’  योजनासहित काम शुरु भएको घोषणा गरेका छन् ।

उनले चन्द्रमामा सहर बनाउँदा सम्पूर्णरुपमा त्यँहीको साधन स्रोत प्रयोग गरिने भएकोले त्यो पूर्णरुपमा ‘आत्म निर्भर’ हुने पनि दावी गरेका छन् ।

यस अघि मस्कले मंगल ग्रहमा बस्ती बसाउने दावी गर्दै आएका थिए । तर, त्यहाँ बस्ती बसाउँदा २० लाग्ने, जबकी चन्द्रमामा शहर नै विकास गर्न पनि १० वर्ष भित्रै सजिलै सकिने भएकोले आफ्नो योजना परिवर्तन गरेको पनि स्पष्ट पारेका छन् ।

चन्द्रमामा बसाइने भनिएको शहरबारे कुनै औपचारिक, विस्तृत एवं मार्गचित्रसहितको योजना अहिलेसम्म सार्वजनिक गरिएको छैन । तर, त्यसको लागि अर्बाैं डलर लाग्ने बताइएको छ ।

पृथ्वीबाट मङ्गल ग्रहमा जाँदा ग्रहहरूको अवस्था मिलेको समय कुर्नुपर्ने र त्यस्तो समय २६ महिनामा एकपटक बल्ल आउने साथै पृथ्वीबाट मंगल ग्रहमा पुग्न नै २६ महिनासम्म लाग्ने देखिएकोले तत्कालको लागि त्यो ‘झण्झटिलो’ भएको उनले उल्लेख गरेका छन् । जब कि हामी हरेक १० दिनमा चन्द्रमामा जान सकिने र पृथ्वीबाट २ दिनमै पुग्न सकिने भएकोले चन्द्रमामा शहर बसाउन सहज भएको उनको तर्क छ ।

बेलायतको यूनिभर्सिटी अफ सरीमा अन्तरिक्ष अन्वेषणसम्बन्धी वरिष्ठ लेक्चरर डा. सुङ्ग्वू लिमले चन्द्रमामा अखडा बसाउने मस्कको योजना अति महत्वाकांक्षी भए पनि असम्भव नभएको बताएका छन्।

‘चन्द्रमाको माटो प्रयोग गरेर अक्सिजन, पानी सहित अन्य निर्माण सामग्री बनाउने जुन आधारभूत लक्ष्य छ, त्यो हामीले पृथ्वीमा अहिले नै उपयोग गर्दै आएका औद्योगिक प्रक्रियामै आधारित छ। सिद्धान्तत त्यसो गर्न सकिन्छ,’ उनले बीबीसीसँग भनेका छन् ।

अधिक उतारचढाब हुने तापक्रम, त्यहाँका धूलो, न्यून गुरुत्त्वाकर्षण तथा सीमित ऊर्जायुक्त हुने चन्द्रमाको कठोर वातावरणमा ती प्रणालीले भरपर्दो किसिमले काम गर्लान् कि नगर्लान् भन्ने मुख्य चुनौती रहने डा. लिमले बताए।

 




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।