'काँग्रेस मासिन लागेको होइन, नयाँ ढंगले ‘रिस्ट्रक्चरिङ’ गर्नुपर्ने बेला आयो'

Mar 11, 2026 04:32 PM Merolagani



नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले काँग्रेस मासिन लागेको नभइ अब उठ्ने बाटोमा लागिसकेको दाबी गरेका छन् । बुधवार पर्टीबाट राष्ट्रिय सभामा नवनिर्वाचित सदस्य र बहालवाला सदस्यहरुबीचको परिचयात्मक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टी अब उठ्ने बाटोमा लागिसकेको दाबी गरे । पार्टीको वर्तमान दुरावस्था र भविष्यका बारेमा पत्रकारहरूले राखेको प्रश्नको जवाफ दिँदै उनले काँग्रेसले इतिहासमा यस्ता अप्रत्याशित परिणामहरू पहिले पनि भोगेको स्मरण गराए ।

उनले भने, ‘काँग्रेस मासिन बाटोमा गएको होइन, अब उठ्ने बाटो शुरु गरिसक्यो । विगतका इतिहासका घटना हेर्ने हो भने पनि हामीले यस्तो अप्रत्याशित परिणाम नभोगेको होइन । नेपाली काँग्रेसका नेता, कार्यकर्ता र लोकतन्त्रमा विश्वास गर्ने शुभेच्छुकहरू आत्तिनुपर्ने कुनैपनि अवस्था छैन । नयाँ परिस्थितिमा नयाँ ढंगले सोच्ने, नयाँ दृष्टिकोण र विचार बनाउने बेला आएको छ । पार्टी संगठन र नीतिगत पक्षमा पनि नयाँ ढंगले प्रश्तुत हुने अवस्था सिर्जना भएको छ । हामी पार्टीलाई नयाँ ढंगले रिस्ट्रक्चरिङ (पुनर्संरचना) गर्छौँ र यस विषयमा गम्भीर छलफल हुनेछ ।’

उनले बदलिएको परिस्थितिअनुसार पार्टीलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए । विशेष महाधिवेशनलाई आफूहरूले अहिलेसम्म उचित नठानेको स्पष्ट पार्दै उनले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला छिटो आओस् भन्ने चाहना व्यक्त गरे । उनले पार्टीको आन्तरिक विषयमा बिस्तारै र गम्भीर रूपमा छलफल गर्दै निष्कर्षमा पुग्ने विश्वास समेत व्यक्त गरे ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।