लगानीका लागि वाणिज्य बैंकहरूमा ८८ करोड, राष्ट्रिय स्तरका विकास बैंकहरूमा १६ करोड ५० लाख र राष्ट्रिय स्तरका वित्त कम्पनीहरूमा ५ करोड ५० लाख छुट्टाइएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले चैत १ गते बेलुका ७ बजेभित्र पासवर्ड प्रोटेक्टेड पीडीएफ फारम fmdbid@nrb.org.np मा पठाउनुपर्नेछ। पासवर्ड भने चैत २ गते बिहान १० बजेदेखि १२ बजेभित्र सोही इमेलमा जानकारी गराउनुपर्नेछ।
प्रस्ताव पेस गर्ने संस्थाहरू कम्तीमा दुई वर्षदेखि सञ्चालनमा आएको, न्यूनतम कुल पूँजीकोष कायम रहेको, निष्क्रिय कर्जा र खुद निष्क्रिय कर्जा अनुपात क्रमशः ८ प्रतिशत र ३ प्रतिशत ननाघेको हुनुपर्नेछ। साथै, शीघ्र सुधारात्मक कारबाहीमा परेका वा समस्याग्रस्त घोषणा भएका संस्थाहरूको हकमा फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्नेछ।