नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दिनदेखि सुनको निरन्तर मूल्य घट्दो क्रममा छ ।
त्यस्तै, आजको बजारमा चाँदीको मूल्य पनि घटेको छ । यदिन चाँदी तोलामा ३५५ रुपैयाँले घटेको हो । आइतबारको बजारमा चाँदी प्रतितोला ४ हजार ५४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
