होर्मुज जलमार्ग खाेल्न ट्रम्पकाे इरानलाई धम्की, इरान भन्छ- ‘शत्रु’बाहेक सबैलाई खुला छ

Mar 22, 2026 02:15 PM merolagani



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४८ घण्टाभित्र होर्मुज जलमार्ग पूर्ण रूपमा खुला गर्न इरानलाई धम्की दिएका छन् । यता, इरानले होर्मुज जलमार्ग आफ्नो देशका ‘शत्रु’बाहेकलाई खुला रहेको आइतबार जनाएको छ ।

ट्रम्पले ४८ घण्टाभित्र होर्मुज जलमार्ग पूर्ण रूपमा खुला नगरिए इरानी पावर प्लान्टलाई निसाना बनाउने यसअघि धम्की दिएका थिए ।

विश्वको कुल तेल र तरल प्राकृतिक ग्यास आपूर्तिको करिब पाँचको एक भाग यही बाटो भएर जान्छ । यहाँ अवरोध गरिँदा विश्वव्यापी ऊर्जा संकटको खतरा बढेको छ ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।