सुनको मूल्यमा निरन्तर भारि गिरावट

Mar 23, 2026 10:53 AM Merolagani



चैत ९ गते, सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य एकै दिन प्रतितोला ६ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ११५ रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दिनमा सुनको मूल्य निरन्तर घट्दो क्रममा छ ।

आजको बजारमा चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदी तोलामा ११५ रुपैयाँले घटेको हो । सोमबारको बजारमा चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आईतबारको बजारमा चाँदी प्रतितोला ४ हजार ५४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।