अब निजी क्षेत्रले घुस खुवाउन पर्दैनः अर्थमन्त्री वाग्ले

Mar 30, 2026 03:02 PM MeroLagani



अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अब निजी क्षेत्रले घुस खुवाउन, कामकाजमा लाइन लाग्न र थुनिनु नपर्ने बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधीहरुसँगको भेटघाटमा उनले यस्तो बताएका हुन ।

‘लगानी बढाउनुस् रोजगारी बढाउनुस् देश बनाऔँ । म घुस खान आएको होइन, कसैलाई खान पनि दिन्न । म अर्थतन्त्रको जहाज मोडेर देशलाई नयाँ गतिमा लैजान आएको हुँ ।’–उनले भने ।

अर्थमन्त्री डा. वाग्लेले निजी क्षेत्रले अब दुःख नपाउने बताउँदै अहिलेको सरकार तपाईंहरूको सहयात्री भएको बताए । उनले अगाडि भने–‘आर्थिक बेइमानीमा हामी अब आर्थिक जरीवानामा जान्छौं । उद्योगी व्यापारी थुनिनु पर्दैन । तर, राज्य साथी र सहयात्री बन्दा निजी क्षेत्र पनि बेइमानी नहोला भन्ने अपेक्षा छ । नियोजित बेइमानी कसैले गर्छ भने त्यसमा हामी निर्मम छौँ।’




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।