सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि

Mar 25, 2026 10:56 AM Merolagani



चैत ११ गते, बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । यस दिन सुनको मूल्य प्रतितोला १४ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ४१५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा सुन प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै यस दिन बजारमा चाँदी प्रतितोला ४ हजार ९२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला ४ हजार ५०५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।