हवाई इन्धनको मूल्य वृद्धि

Apr 01, 2026 06:17 AM Merolagani



नेपाल आयल निगमले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फको उडानमा हवाई इन्धनको मूल्य झन्डै दोब्बर बढ्ने गरी मूल्य समायोजन गरेको छ।

निगमले मंगलबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार हवाई इन्धनको मूल्य आन्तरिकतर्फ २५१ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंमा प्रति किलोलिटर एक हजार ७८५ डलर कायम गरिएको छ। यस अघि आन्तरिकतर्फ १२७ प्रतिलिटर र अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंमा प्रति किलोलिटर ९६६ अमेरिकी डलर थियो।

यस्तै पोखरामा यसअघि प्रतिकिलो लिटर ८०१ डलर रहेकामा बढाएर एक हजार ७३२ डलर पुग्दा भैरहवामा एक हजार ७१६ डलर पुर्‍याइएको छ। भैरहवामा यसअघि प्रतिकिलो लिटर ७८९ डलरमा कारोबार भइरहेको थियो।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।