साहस ऊर्जाले हकप्रद शेयर जारी गर्न आयोगबाट पायो पूर्वस्वीकृति

Apr 01, 2026 02:29 PM Merolagani



साहस ऊर्जा कम्पनी (SAHAS) ले सतप्रतिशत हकप्रद शेयर जारी गर्न विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ । आयोगले कम्पनीको कुल चुक्ता पूँजी बराबरको हकप्रद शेयर जारी गर्न पूर्वस्वीकृति दिएकाे हो ।

 

कम्पनीको कुल चुक्ता पूँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ रहेको छ । कम्पनीले ३४० मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनामा लगानी जुटाउन हकप्रद शेयर जारी गर्न लागेको हो । आयोगले विभिन्न ९ वटा सर्तमा कम्पनीलाई पूर्वस्वीकृति दिएको हो ।




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।