सामान्य अंक घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

Apr 10, 2026 03:12 PM Merolagani



साताको अन्तिम कारोबार दिन, नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिन बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

शुक्रबार नेप्से परिसूचक १३.४६ अंक घटेर २८३७.७७ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.३९ अंक घटेको छ भने फ्लोट इण्डेक्स र सेन्सेटिभ इण्डेक्स १.२६ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ९ अर्ब ९१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३५ स्टकको ९७ हजार ४८० पटकको कारोबारमा ८ अर्ब ९९ करोड ३२ लाख ८० हजार रुपैयाँबराबरको २ करोड १० लाख ८७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ७ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन भुजुङ्ग हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट इण्डष्ट्रीज, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्ट आजदेखि कारोबारमा आएका कम्पनीहरु हुन्। यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने हिमालयन हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ। कारोबारमा आएको एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य यस दिन सर्वाधिक ४.१७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५१ करोड ३२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको साढे ४३ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ भने रिडी पावर डेभलपमेन्टको कारोबार रकम ३८ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.५९ प्रतिशत बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। कारोबारमा आएको लगानी, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।