बोर्डको निर्णयअनुसार एभरेष्ट कलर लिमिटेडले प्रति शेयर १०० रुपैयाँ अंकित दरका ७ लाख २० हजार कित्ता शेयर निष्कासन गर्नेछ, जसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
त्यस्तै, २५ लाख ८० हजार कित्ता शेयर निष्कासनको अनुमति पाएको माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआइएमबि एस क्यापिटल लिमिटेडले पाएको छ।
यसैगरी, सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडलाई पनि १०० रुपैयाँ अंकित दरकै ८ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको छ। यस कम्पनीको शेयर निष्कासन प्रक्रिया ग्लोबल आइएमई क्यापिटल लिमिटेडले अगाडि बढाउनेछ। धितोपत्र बोर्डबाट एकै दिन स्वीकृति पाएका यी तीन कम्पनीले अब छिट्टै आह्वानपत्र सार्वजनिक गरी सर्वसाधारणका लागि शेयर बिक्री खुला गर्नेछन्।