लेखा समिति सभापतिमा भरतबहादुर खड्का सर्वसम्मत रुपमा निर्वाचित

Apr 17, 2026 02:40 PM Merolagani



सार्वजनिक लेखा समितिको सभापतिमा भरतबहादुर खड्का सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । शुक्रवार भएको समितिको बैठकमा ज्येष्ठ सदस्य सीताराम साहले खड्का बाहेक अरु कसैको उम्मेदवारी नभएको भन्दै सर्वसम्मत रुपमा निर्वाचित भएको घोषणा गरे ।

ज्येष्ठ सदस्य साहले सभापतिको उम्मेदवारीका लागि एकमात्र प्रस्ताव आएको बताए । खड्कालाई सभापतिका लागि मोहनबहादुर आचार्यले प्रस्ताव गरेका थिए । खड्काले निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्तावकाे सूचना प्राप्त भएको भन्दै शाहले निर्वाचित भएको घोषणा गरे ।

निर्वाचित भएपछि समिति सभापति खड्काले लेखा समिति धेरै महत्वपूर्ण समिति भएको र आफूले जवाफदेहीता र जिम्मेवारी प्राप्त गरेको बताए । विगतको अनुभव, योग्यता क्षमतालाई प्रयोग गरेर काम गर्ने बताए ।

उनले आर्थिक सुशासन र वित्तीय अनुशासनलाई आफ्नो कार्यकालको प्रमुख एजेण्डा बनाउने स्पष्ट पारे । सभापति खड्काले विगतमा देखिएका केही विसंगतिहरू अब दोहोरिन नदिने प्रतिवद्धता जनाउँदै संघदेखि स्थानीय तहसम्म व्यापक सुधार आवश्यक रहेको औंल्याए । विभिन्न सरकारी निकायहरूमा पारदर्शिता, जवाफदेहिता र अनुशासन कायम गर्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि समिति सक्रिय रूपमा लाग्ने बताए ।

खड्काले भने–‘आर्थिक सुशासन र वित्तिय अनुशासन कायम राख्नेगरी म लेखा समितिलाई अघि बढाउनेछु । विगतका केही विसंगति छन् । अब ती दोहोरिने छैनन् । अहिलेको मुुलुकको माग भनेको आर्थिक अनुशासन, वित्तीय सुशासन हो । यो कायम नगरी मुलुक अघि बढ्दैन र सुशासनको अनुभुति पनि हुँदैन । कुनैपनि मुलुकको विकास त्यो देशमा आर्थिक अनुशासन छ की छैन भन्ने कुराले त्यो देशको आर्थिक विकासलाई निर्धारण गर्छ । त्यसैले अब हामीले अब सुशासनको अनूभुति दिलाउने हो भने पहिलो सुधार संघदेखि लिएर स्थानीय तहसम्म गर्नुपर्छ । विभिन्न निकायहरुमा आर्थिक अनुशासन र वित्तिय सुशासन कायम गर्नुपर्छ । यसको अर्को विकल्प छैन । मैले यो कुरालाई प्रमुख एजेण्डाका रुपमा लिएको छु ।’

उनकाअनुसार आर्थिक अनुशासन र वित्तीय सुशासन कायम गर्नुको कुनै विकल्प छैन र यही आधारमा मुलुकको दिगो विकास सम्भव हुने धारणा व्यक्त गरे । साथै, नागरिकले प्रत्यक्ष रूपमा सुशासनको अनुभुति गर्ने वातावरण सिर्जना गर्न आफूले प्राथमिकता दिने पनि उनको भनाइ छ ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।