रहबर अन्सारी उद्योग समिति सभापतिमा निर्वाचित

Apr 17, 2026 03:21 PM Merolagani



उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहबर अन्सारी निर्वाचित भएका छन् । शुक्रवार समिति बैठकमा ज्येष्ठ सदस्य टेकबहादुर गुरुङले अन्सारीको मात्रै उम्मेदवारी परेकाले निविरोध निर्वाचित भएको घोषणा गरे ।

सभापतिमा निर्वाचित भएपछि अन्सारीले संसदीय समिति भित्रको काम कर्तव्य अधिकार भित्र रहेर आफूले जिम्मेवारी निर्वाह गर्ने बताए । उनले संसदीय समितिको कार्यक्षेत्र भित्र रहेर अब जनताको समस्या समाधान तिर लाग्ने बताए ।

सभापति अन्सारीले भने– ‘संसदीय समितिको जुन टीओआर छ, त्यसमा आधारित भएर काम गर्ने हो । अब समितिले जनताको आवाजहरुलाई सुन्नेछ । यो समिति प्रतिवेदनमा सिमित रहने छैन । विधेयक अध्ययन गर्ने र सुझाव दिने मात्रै काम समितिले गर्ने छैन । जनताको जीवनमा परेका समस्याहरु समाधान गर्ने संयन्त्रका रुपमा यो समितिले आफूलाई प्रश्तुत गर्नेछ । हिजोका दिनमा समितिहरु कसरी चले र प्रभावकारीता के रह्यो भन्नेबारे यथावत् र्नै छ, आज हामी आउँदै गर्दा समाधन गर्ने संयन्त्रका रुपमा अघि बढाउनेछौँ ।’

उनले समितिलाई समस्या समाधानको महत्वपूर्ण संयन्त्रका रुपमा विकास गरिने समेत बताए ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।