धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा दिने, भोलि पत्र बुझाउने तयारी

Apr 17, 2026 08:05 PM Merolagani



नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन्। आज (शुक्रबार) बसेको बोर्ड बैठकमा उनले आफूले राजीनामा दिन लागेको जानकारी गराएका हुन्। बोर्डका संचालक आनन्द राज शर्मा वाग्लेले अध्यक्ष श्रेष्ठले राजीनामा दिन लागेको पुष्टि गरेका छन्।

बैठकपछि जानकारी दिँदै वाग्लेले भने, -"आजको बोर्ड बैठकमा अध्यक्षज्यूले आफूले राजीनामा दिन लागेको जानकारी गराउनुभयो। उहाँले भोलि (शनिबार) राजीनामा बुझाउने बताउनुभएको छ।" अध्यक्ष श्रेष्ठले राजीनामा दिनुको ठोस कारणबारे विस्तृतमा नखुलाए पनि उनले भोलि नै औपचारिक रूपमा अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाउने तयारी गरेका छन्।

अध्यक्षको अचानकको बहिर्गमनले धितोपत्र बोर्ड पुन: नेतृत्वविहीन बन्ने अवस्था सिर्जना भएको छ। यसले पाइपलाइनमा रहेका धितोपत्र निष्कासनका फाइलहरू अन्यौलता थपिने देखिएको छ। श्रेष्ठले भोलि राजीनामा बुझाएपछि मात्रै उनको बहिर्गमनको कारण र आगामी प्रक्रियाबारे थप प्रष्ट हुनेछ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।