असिनाले सिसा फुटाउँदा चितवनमा ७४ सवारीसाधनमा क्षति

Apr 20, 2026 10:39 AM Merolagani



चितवनमा आइतबार (वैशाख ६) साँझ असिनासहितको पानीबाट ७४ सवारीसाधनमा क्षति पुगेको छ ।

इच्छाकामना गाउँपालिका–३, ४ र ५ स्थित कुरिनटार, मुग्लिनसहित पृथ्वी राजमार्गबाट विभिन्न गन्तव्यतर्फ जाँदै गरेका र पार्किङ गरी राखिएका ती सवारीसाधनमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

क्षति पुगेका सवारीसाधनमा कार ५७, माइक्रोबस १५, मोेटरसाइकल र ट्रक एक/एक रहेका कार्यालयका सूचना अधिकारी एवं डीएसपी रवीन्द्र खनालले जानकारी दिए । ती सवारीसाधनको सिसामा क्षति पुगेको उनले बताए । रासस




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।