‘ग्याजेट छोड, किताब कापीमा फर्क’ भन्ने स्विडेन सरकारको अभियानले विश्वभरको शैक्षिक क्षेत्रमा बहस सृजना गर्दै

Apr 20, 2026 05:07 PM Mero lagani



नेपालमा विद्यालय तहको पठन पाठन कहिलेदेखि शुरु गर्ने भन्ने मितिको बारेमा विवाद र बहस चलिरहेको बेला स्विडेन सरकारले शुरु गरेको ‘ग्याजेट छोड, किताब कापीमा फर्क’ अभियानले भने विश्वव्यापीरुपमा चर्चा पाएको छ । 

धेरैले स्विडेन सरकारको उक्त अभियान ऐतिहासिक रहेको भन्दै त्यसलाई अरु देशले पनि सिको गर्नु पर्ने बताएका छन् ।

अभियानको क्रममा स्विडेन सरकारले विद्यार्थीहरुलाई मोवाइल वा ल्यापटप प्रयोग गर्न, शिक्षकहरुलाई अनलाईन ‘होमवर्क’ दिन पूर्णरुपमा लगाइएको छ । त्यसको साटो कापी, कितावमा जोड दिइएको छ । विद्यार्थीलाई खेलकूदको लागि प्रेरित गरिरहेको छ र व्यवसायिक शिक्षाको लागि कृषि फार्महरुको भ्रमणमा जोड दिएको छ । विद्यालयमा ‘ग्याजेट’ प्रयोग गरिए कडा कारवाही गर्ने चेतावनी सरकारले दिएको छ ।

धेरैलाई सम्झना नहुन सक्छ, स्विडेन विश्वको त्यो देश हो—जस्ले सबैभन्दा पहिले कक्षा कोठामा कम्युटर अनिवार्य शिक्षालाई अनिवार्य गरेको थियो । करिब १६ वर्ष अगाडि सन् २०१० मा कम्प्युटर चलाउन नजान्नेलाई साक्षर मान्न नसकिने भन्दै साक्षरताको परिभाषा नै फेरेको थियो । प्रि क्लासदेखि नै हरेक स्कुलहरुमा ल्यापटप वितरणलाई विशेष अभियानकोरुपमा चलाएको थियो । हरेक कक्षाका कोर्सबुकमा कम्युटर सम्वन्धि पाठलाई समेटिएको थियो ।

तर, करिब डेढ दशकपछि स्विडेन पुरानै अवस्थामा फर्किएको मात्र छैन, विद्यालय तहमा कम्युटरलाई पूर्णरुपमा प्रतिवन्ध लगाएको छ । यसै वर्षको अन्त्यतिर विद्यालयमा शैक्षिक प्रयोगका लागि मोबाइलमासमेत प्रतिबन्ध लगाइएको छ ।

विद्यालयहरूलाई पाठ्यपुस्तक र शिक्षक गाइडमा लगानी गर्न अनुदानमा २.१ बिलियन क्रोना (करिब २०० मिलियन डलर) अनुदान दिने घोषणा गरिएको छ ।

‘हामी वास्तवमौ साह्रै ठूलो गलत बाटोमा हिंडिरहेका रहेछौं । त्यसले हाम्रा विद्यार्थीहरुको सोंच्ने र विश्लेषण गर्ने क्षमतालाई सिध्याइदियो’ सत्तारुढ लिबरल पार्टीका नेता तथा शिक्षामन्त्री सिमोना मोहम्सन भन्छिन् । सानै उमेरदेखि स्क्रिन केन्द्रित हुँदा व्यक्तिको सोच्न सक्ने शक्ति नासिएको, मानसिक र शारिरिक रोगहरुले गाँजिरहेको दावी गर्दै उनी सकेसम्म वयस्कहरु पनि स्क्रिनको लतबाट टाढा बस्नु पर्ने बताउँछन् । ‘बच्चालाई त ग्याजेट दिनै हुँदैन, वयस्कहरु पनि सकेसम्म यसबाट छुटकारा पाउने प्रयास गर्नुपर्छ,’ मन्त्री मोहम्सन भन्छिन् ।

त्यसको लागि शिक्षा मन्त्रालयले केही समय अघि एउटा नारा अगाडि सारेको छ— från skärm till pärm

यस्को सारभूत अर्थ हो—पर्दाबाट कभरमा जाउ । अर्थात ‘ग्याजेटका स्क्रिन वा पर्दाबाट छुटकारा लिएर किताब कापीका कभरमा रमाउ।’

सरकारले ‘ग्याजेट छोड, किताब कापीमा फर्क’ अभियान शुरु गरेपछि स्टकहोमको कारोलिन्स्का इन्स्टिच्युटसँग सम्बद्ध न्यूरोसाइन्टिस्ट डा. सिसेला नुटली ‘सरकारले धेरै वर्ष पछि गरेको एउटा अति राम्रो काम भएको दावी गरेकी छन् । ‘प्रविधि आवश्यक छ, तर कति मात्रामा कसरी त्यसको प्रयोग गर्ने भन्ने बारेमा बुझ्न नसक्दा गम्भिर समस्याहरु उत्पन्न भएका छन् । ढिलै भए पनि स्विडेन सरकारले त्यो बुझेर फेरि कापी कितावमा फर्केको छ, त्यो साँच्चैको राम्रो निर्णय हो,’ उनी भन्छिन् ।

नट्ली भन्छिन् कि विद्यार्थीहरूले स्क्रिनमा अन्य बच्चाहरूले के गरिरहेका छन् भनेर हेरेर एकाग्रता गुमाउन सक्छन्। उनी अन्तर्राष्ट्रिय अनुसन्धानको बढ्दो निकायलाई पनि औंल्याउँछिन् जसले सुझाव दिन्छ कि डिजिटल उपकरणहरूमा पाठहरू पढ्दा बच्चाहरूलाई जानकारी प्रशोधन गर्न गाह्रो हुन सक्छ, र भारी स्क्रिन प्रयोगले साना विद्यार्थीहरूको मस्तिष्क विकासलाई पनि असर गर्न सक्छ।

स्मरण रहोस् नयाँ सरकार आएपछि शैक्षिक क्षेत्र सुधारको लागि भन्दै शिक्षा मन्त्रालयले बैशाख २१ पछि मात्र विद्यालयमा नयाँ शैक्षिक सत्रको पठन पाठन शुरु गर्न आदेश दिएको छ । त्यसलाई धेरै स्थानीय तहले अवज्ञा गर्दै भर्ना र पठन पाठन शुरु गरिसकेका छन् । सरकारी आदेश अवज्ञा गर्नेहरुले सरकार शिक्षा क्षेत्रमा नीतिगत सुधारमा केन्द्रित हुनुको साटो तिथिमितिमै केन्द्रित भएकोले त्यसको कुनै अर्थ नहुने दावी गरेका छन् ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।