हर्जानासहित १५ दिनभित्र साँवा-ब्याज भुक्तानी गर्न ११ समस्याग्रस्त सहकारीका ऋणीलाई अल्टिमेटम

Apr 22, 2026 10:21 AM Merolagani



सरकारले समस्याग्रस्त घोषित ११ सहकारी संस्थाका ऋणीहरूलाई हर्जानासहित साँवा–ब्याज भुक्तानी गर्न १५ दिनको अन्तिम समयसीमा दिएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूलाई तोकिएको अवधिभित्र काठमाडौंको बुद्धनगरस्थित कार्यालयमा उपस्थित भई बाँकी साँवा, ब्याज तथा हर्जाना बुझाउन निर्देशन दिएको हो।

 

समितिले तोकिएको समयभित्र ऋण चुक्ता नगरेमा कडा कदम चालिने चेतावनी दिएको छ। त्यसमा ऋणीहरूको नाम–थर सार्वजनिक गर्ने, उनीहरू तथा परिवारका सदस्य र जमानीकर्ताको सम्पत्ति र बैंक खाता रोक्का गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने, साथै सार्वजनिक सेवा–सुविधा समेत बन्द गराउने उल्लेख गरिएको छ।

त्यस्तै, सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ अनुसार धितो राखिएको सम्पत्ति लिलामी बिक्री गरेर ऋण असुल गर्ने प्रक्रिया अघि बढाइने पनि समितिले जनाएको छ। यस क्रममा ऋणी र जमानीकर्ताको विवरण सार्वजनिक गर्दै कानुनी कारबाही अगाडि बढाइनेछ।

समितिका अनुसार यसअघि पनि सम्बन्धित सहकारीका सञ्चालक, व्यवस्थापक, कर्मचारी, ऋणी सदस्य तथा जमानीकर्तालाई वेबसाइट, राष्ट्रिय दैनिक पत्रिका, एसएमएस र फोनमार्फत पटक–पटक सूचना दिइएको थियो। तर अझैसम्म ऋण चुक्ता नभएकाले बाध्य भएर अन्तिम सूचना जारी गरिएको जनाइएको छ।

 




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।