ओरेन्टल सहकारी व्यवस्थापनका लागि समिति गठन

Jan 23, 2018 RSS



सहकारी तथा गरिबी निवारण मन्त्रालयले गौरीबहादुर कार्कीको अध्यक्षतामा समस्याग्रस्त ओरेन्टल को-अपरेटिभ लिमिटेडको व्यवस्थापन गर्न सात सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ ।

सो सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्नका लागि गठित उक्त समितिका सदस्यमा काशीनाथ मरासिनी, राष्ट्रिय सहकारी महासंघले तोकेको सञ्चालक प्रतिनिधि, गोविन्दबहादुर मल्ल, दीपकप्रसाद पौडेल, हुमाकान्त पन्थी र रेवतीरमण पोखरेल रहेका छन् ।

मन्त्रालयका प्रवक्ता रघुराम विष्टले समस्यग्रस्त सहकारीको व्यवस्थापन हेर्ने र निक्षेपकर्ताका रकम फिर्ता गर्नका लागि वातावरण बनाउन समिति गठन गरिएको जानकारी दिए । गत मंसिर २८ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार मन्त्रालयले गठन गरेको समितिको कार्यकाल दुई वर्षको हुनेछ ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।