बुधबार नेप्से परिसूचक २५.८१ अंक घटेर २७४४.४५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.०६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.७४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०९ अंक घटेको छ।
नेप्सेसँगै कारोबार रकममासमेत गिरावट भएको छ । बुधबारको बजारमा कारोबारमा आएका २६९ कम्पनीको एक करोड २१ लाख चार हजार १७८ कित्ता शेयर चार अर्ब ९५ करोड ४६ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ । मंगलबारको बजारमा ६ अर्ब ५३ करोड १७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

यस दिन करोबारमा आएका स्टकहरु मध्येमा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य सर्वाधिक बढेको देखिन्छ । यस बैंकको शेयर मूल्य १३.८१ प्रतिशतले बढेर कारोबार भएको हो । नेपाल लाईफ समृद्धि लगानी योजनाको इकाई मूल्य ३.८७ प्रतिशतले बढेर खरिदबिक्री भएको छ । १० प्रतिशत केविएल डिवेञ्चर २०९० को मूल्य सर्वाधिक ११.४६ प्रतिशतले घटेको छ भने शिखर पावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य ९.९२ प्रतिशतले घटेको हो।
कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको सबैभन्दा धेरै रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यस कम्पनीको २४ करोड १९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै पाल्पा सिमेन्टस्को २० करोड २२ लाख रुपैयाँको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्येमा ३ उप समूहको सूचक सकारात्मक भएको छ भने १० यप समूहको सूचक नकारात्मक भएको हो । बुधबारको बजारमा ब्यापार उपसमूहको परिसूचक १.०९ प्रतिशतले बढेको छ । विकास बैंक र म्यूचुअल फण्डको उप समूहको सूच सामान्य अंकले बढेर बन्द भएको हो। त्यसैगरी, आजको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको सूचक सर्वाधिक घटेको छ। र्निजीवन बीमा, होटल र जविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।