चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ

Apr 29, 2026 04:32 PM Merolagani



चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१२ टेकु बस्ने तनहुँ घर भएका ३९ वर्षीय सन्तोष रानाभाटलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-३१ सचेतना मार्ग, काठमाडौं महानगरपालिका-५ कालोपुल र टोखा नगरपालिका ३ जागरण टोलस्थित घरहरूबाट विभिन्न मितिमा सुन तथा चाँदीका गरगहना, नगद र मोबाइल समेत चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो ।

साथै प्रहरीले उनको साथबाट ८ सय ७८ ग्राम तौलको सुन जस्तो देखिने पहेलो रङको विभिन्न गरगहना, ३ सय १७ ग्राम तौलको चाँदी जस्तो देखिने विभिन्न गरगहना, विभिन्न दरका विदेशी मुद्राहरू लगायतका सरसामान समेत बरामद गरेको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

 




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।