प्रधानमन्त्री बालेनले बोलाए संवैधानिक परिषद् बैठक, प्रधानन्यायाधीश सिफारिस मुख्य 'एजेन्डा'

May 06, 2026 01:39 PM Merolagani



प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । उनले भाेलि बिहीबार साँझ ५ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन् ।

बैठकको मुख्य एजेन्डा 'प्रधानन्यायाधीशको नियुक्ति सिफारिस' रहेको सचिवालयले जनाएको छ । अहिले प्रधानन्यायाधीशको जिम्मेवारी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले सम्हाल्दै आएकी छन् ।

बैठकमा सहभागि हुन् सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधिसभाका विपक्षी दलका नेता भीमराज आङ्देम्बे र प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ । बैठकको गणपूरक सङ्ख्या चार कायम गरिएको छ र त्यसको बहुमतबाट निर्णय गर्ने प्रावधान छ ।




डीडीसीको सित्तैमा प्रचार गरिदिएका बालेनलाई यदि पैसा तिर्नु परेको भए ‘इन्डोर्समेन्ट फि' कति दिनु पर्थ्यो होला ?

May 20, 2026 01:34 PM

सुवास निरौला 

शनिबारको एउटा सामान्य दिउँसो। सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल हुन्छ।