धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएपछि अब के हुन्छ ?

May 07, 2026 05:00 PM Merolagani



नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएपछि अध्यक्ष नियुक्ति प्रक्रिया पुनः अन्योलमा परेको छ। नाताले  दाजु पर्ने गोपाल भट्टले अध्यक्ष पदका लागि आवेदन दिएपछि 'स्वार्थको द्वन्द्व' हुन सक्ने भन्दै नैतिकताका आधारमा उनले राजीनामा दिएका हुन्।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (३) मा अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न एक समिति रहने व्यवस्था छ। जसमा "राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्य" संयोजक रहने प्रावधान छ। ऐनले 'उपाध्यक्ष' नै संयोजक हुनुपर्ने नभनी 'सम्बन्धित क्षेत्र हेर्ने सदस्य' भनेर तोकेको छ।

डा. भट्टले राजीनामा दिएसँगै अब सरकारले राष्ट्रिय योजना आयोगको अर्थ वा सम्बन्धित क्षेत्र हेर्ने जिम्मेवारी अर्को कुनै सदस्यलाई तोक्नुपर्ने हुन्छ। ऐनको सोही व्यवस्था अनुसार जुन सदस्यले 'सम्बन्धित क्षेत्र' हेर्ने जिम्मेवारी पाउँछन्, उनी नै स्वतः सिफारिस समितिको संयोजक बन्नेछन्।

यसअघि अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा भुवन कुमार दाहाल रहेको समिति गठन गरिएको थियो। अब सरकारले योजना आयोगमा कार्य विभाजन हेरफेर गरी नयाँ संयोजक तोकेपछि मात्र रोकिएको छनोट प्रक्रिया अगाडि बढ्नेछ। लामो समयदेखि नेतृत्वविहीन रहेको बोर्डमा तीन जनाको नाम सिफारिस भएपछि मात्र मन्त्रिपरिषद्ले एक जनालाई अध्यक्ष नियुक्त गर्ने कानुनी प्रावधान छ।

 

 




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।