टर्किस एयरको जहाज ल्याण्ड गर्ने क्रममा आगलागी, सबै सुरक्षित

May 11, 2026 08:38 AM Merolagani



इस्तानबुलबाट सोमबार बिहान काठमाडौँ आएको टर्किस एयरलाइन्सको टीके७२६ कल साइनको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको छ।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार घटनालगत्तै दमकल पुगेर आगोलाई नियन्त्रणमा लिइएको थियो।

विमानमा रहेका सबै यात्रुहरु सुरक्षित रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ। सो विमानमा रहेका चार बच्चासहित २७७ यात्रुहरुलाई इर्मेन्सी ढोका खोलेर उद्धार गरिएको थियो। विमानमा आगो लागेपछि उद्धारका क्रममा केही यात्रुलाई सामान्य चोट लागेको छ। विमानमा केही शव र सामानहरु पनि रहेको बताइएको छ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।