सानेपामा सडक दुर्घटना,दुई जनाको मृत्यु

Apr 05, 2019 Merolagani



ललितपुरको सानेपामा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ। ट्रकले भ्यानलाई ठक्कर दिएर भएको दुर्घटनामा दोलखाका इन्द्रबहादुर सुनुवार र धनुषाकी डोल्मा शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ। बा ७ च २१३१ नम्बरको भ्यानलाई ना १ घ ५३३ नम्बरको ट्रकले ठक्कर दिएर पल्टिएकाे थियो ।

दुर्घटनामा मृत्यु हुने सुनुवार भ्यानका चालक हुन भने शेर्पा भ्यान कै यात्रु भएको प्रहरीले जनाएको छ ।  भ्यान मै रहेकी स्मृति मगरको भने मेडिसिटी अस्पतालमा उपचार भईरहेको छ। 

ट्रक चालकले स्कुटरलाई बचाउन खोज्दा ट्रक अनियन्त्रित भएर तरकारी गाडीलाई ठक्कर दिएको थियो । दुर्घटनापछि फरार रहेका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।