भक्तपुरको ताथलीबाट १ किलो ५७७ ग्राम चाँदीसहित युवक पक्राउ

May 12, 2026 11:10 AM Merolagani



भक्तपुरको चाँगुनारायण नगरपालिका–९ स्थित ताथलीबाट प्रहरीले चाँदी सहित एकजना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका घर भएर काभ्रेको बनेपा बस्दै आएका ३२ वर्षीय राजु स्वेत छन् ।

सोमबार अस्थायी प्रहरी पोष्ट ताथलीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उनको साथबाट १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुले जानकारी दिए ।

नालाबाट च्याम्हासिंह तर्फ आउँदै गरेका स्वेत प्रदेश–३–०२–०२१ प ४३६४ नम्बरको मोटरसाइकलमा सवार थिए । आरोपीले बरामद चाँदीको कुनै कागजात देखाउन सकेका छैनन् ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय

May 08, 2026 01:10 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्ता निर्णय गरेको हाे ।