कानुन व्यवसायीले बाले दिउँसै लालटिन

May 19, 2026 02:37 PM Merolagani



सर्वोच्च अदालत प्रशासनले संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध सिर्जना गरेको भन्दै नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएको छ ।

बारमा आवद्ध कानुन व्यवसायीले आज दिउँसै अदालत परिसरमा लालटिन बालेर सर्वोच्च प्रशासनको कार्यशैलीविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

उनीहरूले अदालत प्रशासनको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै न्यायिक प्रक्रियालाई सहज बनाउन माग गरे । लालटिनसहित उनीहरुले विभिन्न नारा अंकित प्लेकार्ड समेत बोकेका थिए ।