भोलिदेखि ‘हिरो अपग्रेड जात्रा’ भृकुटीमण्डपमा हुने, पुरानो बाइक नयाँमा अपग्रेड र एक्सचेन्जको अवसर

May 19, 2026 06:13 PM Merolagani



आगामी जेठ ६ गते बुधबारदेखि हिरो अपग्रेड जात्रा आयोजना हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने जात्रामा हिरोका नयाँ तथा पुराना मोटरसाइकलहरु एक्सचेन्ज र एक्साइटमेन्ट दुवै एकै ठाउँमा उपलव्ध हुने कम्पनीले जनाएको छ ।

हिरो मोटोकर्प नेपालका अनुसार, ६ दिनसम्म चल्ने उक्त जात्रामा हिरोको पुराना मोटरसाइकललाई नयाँ हिरोको रुपमा अपग्रेड गर्ने, एक्सचेन्ज गर्ने, मर्मत गर्नेलगायतका काम हुनेछ । हिरोको नयाँ मोटरसाइकल खरिदमा भने एक लाखसम्मको नगद क्यासब्याक समेत रहनेछ ।

त्यस्तै जात्रा अवधिभर नयाँ मोटरसाइकल खरिद गर्न चाहनेलाई सजिलो फाइनान्स सेवा (नागरिकता भए पुग्ने) उपलव्ध गराइनेछ ।