काठमाडौंका जोखिमयुक्त नदीकिनार बस्ती हटाइँदा विस्थापित परिवारलाई २५ हजार सहायता दिने सरकारको निर्णय

May 19, 2026 05:26 PM Merolagani



काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमपूर्ण बस्ती हटाइएपछि प्रभावित परिवारलाई सरकारले राहतस्वरूप प्रति परिवार २५ हजार रुपैयाँ दिने भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पुनर्स्थापनाका लागि एकमुष्ट आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार उक्त रकम विस्थापित परिवारको व्यवस्थापन तथा पुनर्स्थापनामा सहयोग पुग्ने उद्देश्यले प्रदान गरिनेछ।