सशस्त्र प्रहरीका ५ जना उच्च अधिकृतहरूको बढुवा

May 20, 2026 12:59 PM Merolagani



सशस्त्र प्रहरीका ५ जना उच्च अधिकृतहरूलाई एक तह माथिल्लो पदमा बढुवा गर्न सिफारिस गरिएको छ । 

गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको बढुवा समितिको बैठकले विभिन्न समूहका अधिकृतलाई एक तह माथि बढुवा गर्न सिफारिस गरेको हो।

समितिले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्कालाई नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरेको छ। यस्तै कानुन समूहबाट युवराज अर्याललाई पनि डीआईजीमा बढुवा सिफारिस गरिएको छ।

त्यसैगरी सशस्त्र प्रहरी उपरीक्षक सञ्जय भट्टराईलाई वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ। स्वास्थ्य समूहबाट डा‍. रोस्सु थापालाई एसएसपीमा बढुवा सिफारिस गरिएको छ भने कानुनतर्फ छविलाल पाण्डे लाई वरिष्ठ उपरीक्षक पदमा सिफारिस गरिएको छ।

एआईजीमा अञ्जनीकुमार पोखरेलको बढुवा नियुक्तिपछि खाली हुने पदमा नयाँ बढुवा प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ।

बढुवा सिफारिसप्रति असन्तुष्टि भए प्रतिस्पर्धी अधिकृतहरूले ७ दिनभित्र उजुरी दिन सक्ने व्यवस्था पनि गरिएको छ।




‘देशमै बस्नुभन्दा भारत गएर बस्दा सुरक्षित महसुस हुन्छ’

May 17, 2026 02:36 PM

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।