प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराई प्रश्नोत्तरमा सहभागी गराउनुपर्ने माग राख्दै विपक्षी दलका सांसदहरूले रोस्टम घेराउ (वेल घेराउ) गरेपछि सदनको कारबाही प्रभावित भएको हो । बैठक शुरु हुनासाथ प्रतिपक्षी नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी सुरु गरेका थिए ।
प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने र संसदीय नियमअनुसार प्रश्नोत्तर कार्यक्रम हुनुपर्ने अडान विपक्षी दलहरूको छ । यसअघि आजै दिउँसो बसेको बैठकमा पनि विपक्षी दलहरूले सोही माग राखेर अवरोध गरेपछि बैठक केही समयका लागि स्थगित गरिएको थियो । स्थगित बैठक पुनः शुरु भएपनि विपक्षी दलहरूको विरोध र नाराबाजी यथावत छ ।