अटो व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एशोसिएन अफ नेपाल(नाडा) ले सरकारले ल्याएको उक्त व्यवस्थाका विषयमा छलफल गर्न बैठक डाकेको हो ।
अटो व्यवसायीलाई सोध्दै नसोधी ऐनको व्यवस्था परिमार्जन गर्दै सरकारले गरेको उक्त निर्णयको समिक्षा र आधिकारीक विषयमा केही महत्वपूर्ण निर्णय गर्ने नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले बताए ।
‘के कारणले र कति दिनका लागि यो व्यवस्था ल्याइएको हो, त्यो स्ष्पट हुनुपर्यो, अझ विद्युतीय सवारीको आयात र दर्ता प्रक्रिया पनि रोक्ने निर्णयका विषयमा आज हामी बैठक बस्दैछौं,’ उनले भने, ‘बैठकपछि मात्र नाडाको आधिकारीक धारणा आउँला ।