कालिन्चोक हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

May 22, 2026 12:47 PM Merolagani



कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ आज जेठ ८ गते शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

कम्पनीले सर्वसाधारण शेयरधनीहरुलाई जारी गरेको १३ लाख ७५ हजार कित्ता शेयर र कम्पनीको संस्थापक शेयरधनीहरुले लगानी गरेको ४१ लाख २५ हजार कित्ता शेयर गरी कुल ५५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा आउँदो सोमबार अर्थात जेठ ११ गतेको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार गर्न सकिनेछ।

नेप्सेले कम्पनीलाई (KHPL) स्टक टिकर प्रदान गरेको छ।




‘देशमै बस्नुभन्दा भारत गएर बस्दा सुरक्षित महसुस हुन्छ’

May 17, 2026 02:36 PM

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।